सञ्चारका साधन सहित हेटौंडामा प्रदर्शन

३ जेष्ठ २०७६, शुक्रबार १८:२२

हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा आज सञ्चारका साधन सहित हेटौंडामा प्रदर्शन गरिएको छ । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज हेटौंडामा प्रदर्शन गरेको हो । हेटौंडाको सिमाचोकबाट सञ्चारका साधन सहित निकालीएको र्याली बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै पुन सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

संचारसंग सम्बन्धित निकायसंगको सहकार्यबाट मात्र बिधेयक ल्याउनका लागि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले माग गरे । विधेयक नसच्चिएसम्म आन्दोलन गर्न बाध्य हुने उनले बताए । सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजीएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए।

पहिलो चरणको आन्दोलनका क्रममा आज बिहान अन्तीम कार्यक्रम अनुसार सञ्चार साधनसहित प्रदर्शन गरिएकोले अब महासंघको केन्द्रीय सर्कुलर अनुसार अरु आन्दोलन गर्नका लागि पनि तयार रहेको हुमागाईंले बताए । पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*