विद्यालय क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन सम्पन्न

३ जेष्ठ २०७६, शुक्रबार १८:२८

 हेटौँडा \  हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक  ख ब्लक( अग्रेजी माध्यममा ) विद्यालय क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन सम्पन्न भएको छ ।

विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटरको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापतिमा कक्षा १० मा अध्यनरत अमर बहादुर शाह निर्वा्चित भएका छन् । यस्तै उपसभापतिमा कक्षा नौका श्रीपल लम्साल निर्वा्चित भएका छन। निर्वाचनको सम्पूर्ण प्रकृया अपनाई निर्वाचन गरिएको कार्यक्रम निर्वाचन संयोजक संगीता कुमारी पुडासैनीले बताईन ।  मतदान हरेक नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन तथा समाजिक शिक्षामा निर्वाचन प्रकृयाका बारेमा प्रयोगात्मक परीक्षाको कार्यपत्रका लागि निर्वाचन गरिएका मतदान अधिकृत प्रकाश दुलालले बताए  ।

निश्पक्ष निर्वाचन प्रकृयाबाट  अन्तर कक्षा व्यवस्थापन साथै स्टुडेन्ट काउन्सिलका सभापति र उपसभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साह बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेको ख ब्लक( अग्रेजी माध्यम  तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले जानकारी दिए । निर्वाचन प्रकृयामा अंग्रेजी माध्यमका  कक्षा ८ देखी १० सम्मका करिब १६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*