मोबाइल चोरी गर्ने २ जना पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार १८:४९

सिधाखबर \ मकवानपुरको हेटौंडा अस्पतालमा मोबाइल चोरी गर्ने २ जना मानिसलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोबाइल चोरी गर्ने २ जना मानिसलाई मोबाइलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ बस्ने १८ वर्षिय दीपसागर मिजार र हेटौंडा–४ बस्ने सन्देश दुलाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट ५ थान मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।उनीहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नं १० बाट पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका २ जनालाई चोरी सम्बन्धि कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवानाको कानूनी प्रावधान रहेको छ ।

उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धि कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*