तेस्रो शाखाको रुपमा हेटौंडामा राईट पथ

३ जेष्ठ २०७६, शुक्रबार १९:१५

सिधाखबर \ उपत्यका बाहिर तेस्रो शाखाको रुपमा हेटौंडामा राईट पथ करियर काउन्सेलिङको शाखा विस्तार गरेको छ । चितवन र दाङमा आफ्नो शाखा विस्तार गरिसकेको काउन्सेलिङले आज हेटौंडामा एक कार्यक्रमका वीच शाखाको उद्घाटन भएको हो ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का केन्द्रिय अध्यक्ष विष्णुहरी पाण्डेको प्रमुख अतिथ्यतामामा भएको कार्यक्रममा प्रदेश ३ का प्रहरी नायव महानिरीक्षक दीपक कुमार थापा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, लायन्स क्लब ईन्टरनेशनल ३२५ बी२ नेपालका दोश्रो सेकेण्ड भ्वाईस गर्भनर एमजेएफ लायनका शम्भु नकर्मी, हेटौंडा वडा ४ का अध्यक्ष नविन सिग्देल, मकवानपुर ट्रेड युनियनका अध्यक्ष विष्णु अर्याल, सोलीड्यारेटी ईन्टरनेशनल एकेडेमीका निर्देशकम निमा डोल्मा, हेटौंडा लेडिज जेसीसका अध्यक्ष शुष्मा बर्तौला लगायतकाको उपस्तिथी रहेको थियो ।

राईट पाथ शैक्षिक संस्था नेपाल सरकारबाट मान्यता प्राप्त भई ७ नोभेम्बर २०१६ मा स्थापना भएको जानकारी गराउँदै उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न जाने विद्यार्थीका लागी राईटपथले सेवा दिने हेटौंडा शाखाका प्रमुख मनिष अधिकारीले बताए ।

राईट पथ करियर काउन्सेलिङले अहिले उच्च शिक्षाका लागी अष्ट्रेलिया, क्यान्डा, युएसए, जापान, युके र युरोपमा आफ्ना विद्यार्थीहरुलाई पठाउने काम गर्ने प्रमुख अधिकारीले बताए । उनले हेटौंडामै आईईएलटीएस, टोफेललगायतको कक्षा पनि संचालन हुने जानकारी दिए । राईट पाथ करियर काउन्सेलिङका सीईओ तथा फाउण्डर फिलिप डि.सी.को सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*