पेट्रोलियम पदार्थकाे मुल्य घट्याे

३ जेष्ठ २०७६, शुक्रबार २०:४८

हेटौंडा \ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  घटाएर समायोजन गरेको छ ।

शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएर मुल्य समायोजन गरेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु.१०९.५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु.९७.०० रुपैयाँ कायम गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*