मकवानपुरमा बस दुघर्टना: एकको मृत्यु, ३० जना घाइते

४ जेष्ठ २०७६, शनिबार ०९:५८

मकवानपुर \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा  ३ बसामाडीको कर चौकी नजिकै  सवारी दुघर्टना हुदा एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

शनिबार बिहान ३ बजेको समयमा काठमाडौंबाट जनकपुर तर्फ जादै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको  ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको र ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।

दुघर्टना परी मृत्यु हुनेमा ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुर वरही गा वि स ६ बस्ने ४० बर्षीय मान बहादुर मगर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।घाइते भएकाहरु मध्ये ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको र घाइते १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।बाकि घाइतेहरु सामान्य उपचारपछि घर फर्किसकेका प्रहरी जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*