सरकारविरुद्ध सत्तारुढ दलकै सांसद खनिए

१४ जेष्ठ २०७६, मंगलवार १४:४८

काठमाडौं \ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदले नै बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सत्तारुढ नेकपाका प्रतिनिधिसभाका सांसदहरु राधा ज्ञवाली, भूमि प्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बूढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद एवं पूर्व-ऊर्जामन्त्री ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा आपत्ति जनाए। उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे।

त्यसैगरी, सत्तारुढ दलकै सांसद त्रिपाठीले पनि जलविद्युत् आयोजनाहरूको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले मुलुकको आर्थिक समृद्धिमा योगदान दिनसक्ने जलविद्युत आयोजनाको कामलाई प्राथमिकताका साथ अघि बढाउन किन नसकेको भन्दै सरकारलाई प्रश्न गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*