प्रधानमन्त्री कप :७ विकेटले प्रदेश ३ ले गण्डकी प्रदेशलाई हरायाे

१४ जेष्ठ २०७६, मंगलवार १६:३४

काठमाण्डाै \ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०।१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियाे । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे ।

५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन र आकाशले पारी सम्हालेका थिए । यी दुईले साझेदारी गर्दै टिमको स्कोर १०३ बनाएका थिए । त्यसपछि सुमन आउट भएपछि क्रिजमा आएका दीपेश श्रेष्ठले खाता खोल्न सकेनन् भने किशोर महतो १ रनमा पेभेलियन फर्किए पछि गण्डकी १०८ रनमात्र बनाउन सक्याे ।

जवाफमा प्रदेश ३ ले २२ ओभर दुई बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रदेश ३का आदिल खानले अविजित ३८, इशान पाण्डेले २६ तथा रित गौतमले २० रन बनाए । जितसँगै प्रदेश ३ ले तीन खेलबाट चार अंक बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*