प्रभातफेरी गरि मनाइयो गणतन्त्र दिवस

१५ जेष्ठ २०७६, बुधबार ११:०१

सिधाखबर \ प्रदेश ३ सरकारले आज प्रदेशको राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाएको छ । प्रदेश ३ स्तरिय गणतन्त्र दिवस मुल समारोहको आयोजनामा प्रभातफेरी कार्यक्रम गरि दिवस मनाएको हो । प्रभातफेरी हेटौंडाको सिमाचोकबाट बुद्धचोक हुँदै मुख्यमन्त्री कार्यालय परिसरमा पुगेर सभामा परिणत भई शुभकामना दिई मनाएको हो । दिवसका अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले संघियताले गणतन्त्रको अनुभुती गराएको भन्दै विस्तारै प्रदेश सरकारको अपनत्व जनताले गर्दै गएको बताए ।

 

Indra Baniya को फोटो।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले गणतन्त्रमा जनताको अवस्थाबारे समिक्षा गरेर अब राजनीतिक दलहरुले आर्थिक क्रान्ति तिर ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा प्रदेश प्रमुख कोइरालाले प्रदेशबासीलाई गणतन्त्र दिवस शुभकामना दिएका थिए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशका प्रमुख सचिव सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*