संगठन विस्तार गर्न रविन्द्र मिश्र हेटौंडा आउँदै

१६ जेष्ठ २०७६, बिहीबार ०९:४२

हेटौंडा \ केही समयअघि पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् ।मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम तय भएको साझा विवेकशील पार्टी मकवानपुरका नेता राजन मैनालीले बताए । १८ गते हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा एक विशेष समारोहकाबीच जिल्ला कार्यसमिति घोषणा कार्यक्रम राखिएको नेता मैनालीले बताए ।

कार्यक्रमकैबीच ७५ वर्ष कटेका जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै मकवानपुरमै कार्यक्षेत्र बनाई अटोरिक्सा र मयुरी चालक महिलाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । समाज परिवर्तनसँगै आत्मनिर्भर बनेर समृद्धिको दिशामा अघि बढेकाले अटो रिक्सा र मयुरी चालक महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको पार्टीका नेता मैनालीको भनाइ छ । पार्टीप्रति लगाव राख्ने र शुभेच्छुकहरुलाई पनि साझा विवेकशील पार्टीले मकवानपुर जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा आमन्त्रण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*