नेपालमा भूमि बैंक आउँदै: के हो भूमि बैंक ?

१६ जेष्ठ २०७६, बिहीबार १८:०२

काठमाडौं \ सरकारले भूमि बैंकको व्यवस्था गर्ने भएको छ । कृषि क्षेत्रको विकास विस्तार एवम् आधुनिकीकरण गर्ने उद्देश्यले सरकारले भूमि बैंकको व्यवस्था गर्न लागेको हो ।

बिहीबार बजेटमाथिको छलफल तथा पत्रकार सम्मेलनका क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले कृषि क्षेत्रको उत्थानमा हरेक क्षेत्रबाट प्रयत्न गरिने जनाएका छन् । कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।

‘कृषि क्षेत्रमा ठूलो चुनौती रहेको छ । यस क्षेत्रमा आधुनिकता ल्याएर उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर हुने र बाँकी निर्यात गर्ने दिशातर्फ जानु पर्छ । त्यसका लागि हामीले आधुनिक कृषि प्रणालीको अवलम्बन गर्नु आवश्यक छ । त्यसका लागि नयाँ आर्थिक वर्षमा कृषि प्राथमिकतामा परेको छ,’ उनले भने, ‘कृषि क्षेत्रकै विकासमा सरकारले भूमि बैंकको व्यवस्था गर्ने नीति लिएको छ । यसले कृषि योग्य जमिन बाझो रहने र राख्ने समस्या हट्ने सरकारले अपेक्षा लिएको छ ।’

के हो  भूमि बैंक ?
कुनै किसानले कृषिकर्म गर्न नसके आफ्नो भूमि बैंकको जिम्मामा दिने र बैंकले कृषि गर्ने वा अरु कृषकलाई भूमि उपलब्ध गराउने व्यवस्था नै भूमि बैंक हो ।  । यसले भूमी बाँझो रहन दिँदैन ।-रातोपाटीबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*