सि डिभिजन छनौटको लागि विजय युथ क्लब काठमाडौं जादैं

१७ जेष्ठ २०७६, शुक्रबार १०:५२

सिधाखबर \ अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुर बाट विजय युथ क्लब सहभागि हुदैछ । विजय युथ क्लब सातौ रुस्लान सिमरा गोल्ड कप विजेता पनि हो ।

आज विजय युथ क्लबलाई मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ । मकवानपुर जिल्ला फुटबल संघले विजय युथ क्लबलाई सि छनौट खेल्नको लागि रुपैया ७५ हजार सहयोग समेत गरेको छ । विदाई कार्यक्रममा फुटबल संघ मकवानपुर अध्यक्ष टिका लामाले क्लबलाई छनौट हुनको लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा विजय युथ क्लबका अधक्ष्य सुदिप राजबहाकले फुटबल संघले गर्नुभएको साथ र सहयोगको लागि धन्यवाद व्यक्त गर्दै हामी सि डिभिजनको लागि छनौट भएर फर्किने मकवानपुर जिल्लाको नाम उचाईमा पुराउने विश्वास व्यक्त गरेका थिए ।

विजय युथ क्लबले पहिलो खेल आईतवार १९ गते सुन्धारा एफसी संग खेल्ने छ ।  विजय युथ क्लब भोली खेल खेल्नको लागि काठमाण्डौ प्रस्थान गर्ने फुटबल संघका सदस्य विकेश लाल श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*