प्रधानमन्त्री कप: प्रदेश १द्धारा कर्णाली प्रदेश १८१ रनले पराजित

१७ जेष्ठ २०७६, शुक्रबार १६:५४

काठमाण्डाै \ प्रदेश १ ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हराएकाे छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनाएकाे थियाे । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए ।

जवाफमा कर्णाली प्रदेश २० ओभर एक बलमा मात्र ४७ रनमा अलआउट भयो । सुरुवातदेखि नै डगमगाएको कर्णालीले चार रनमा पहिलो विकेट गुमाउँदा ३४ रनमा ६ विकेट खेर फालेको थियो । कर्णालीका निश्चल रावलले सर्वाधिक १७ रन बनाउँदा अरु ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

तर त्यसपछि पनि कर्णालीको विकेट झर्ने क्रम रोकिएन । लगातार विकेट गुमाएको कर्णाली प्रदेश अन्ततः ४७ रनमा समेटियो । उसलाई कम स्कोरमा रोक्न पुष्प थापाले घातक बलिङ गरे । उनले नौ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे । यस्तै मुकुन्द यादवले तीन विकेट हात पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*