फेरि आयो नयाँ फेसबुक काण्ड (भिडियो)

२२ जेष्ठ २०७६, बुधबार १९:०५

देशनरेश अधिकारी र दीपा पुरीको आवाज रहेको ‘फेसबुकले रुवायो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

देशनरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाङ्कन रहेको सो म्युजिक भिडियोमा सञ्जु चौधरीको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।

सामाजिक सञ्जाल फेसबुकलाई विषयवस्तु बनाइएको सो भिडियोमा मोडेल करिष्मा ढकाल, हेटौंडाका ईश्वर फुयाँल र शैलेस पहारीको फिचरिङ रहेको छ । भिडियोको पोस्ट प्रोडक्सन भने जनता डिजिटल फिल्मले गरको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*