हेटौंडामा सुविधायुक्त तरकारी तथा फलफुल स्टोर्स सञ्चालन

२३ जेष्ठ २०७६, बिहीबार १६:२६

सिधाखबर \ हेटौंडा—४ अजरअमर रोडमा औतार फ्रेस स्टोर्स सञ्चालनमा आएको छ । बिचौलियाको भर पर्नु पर्दैन किसान दोबारा, ग्राहकलाई सुलभ सेवा कृक्रिम मँहगीबाट छुटकारी भन्ने मुल भावका साथ फलफुल तथा तरकारी स्टोर्स आजबाट सञ्चालनमा आएको हो । हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले औपचारिक रुपमा स्टोर्सको उद्घाटन गर्दै उनले विषादी मुक्त कृषि उपज विक्री वितरण गर्न र उत्पादन गर्न आग्रह गरिन्, । अर्गानिक वस्तु उत्पादन र विक्री गरिनुपर्ने समेत बताईन्, । यस स्टोर्सले कृषक र कृषि फर्मबाट नै सिधै ल्याएर विक्री वितरण गर्ने भएकाले बजार भाउ भन्दा सस्तो पाउनेछन् भन्ने विश्वास लिएको बताईन्, ।

हेटौंडाका पाँच जनाको संयुक्त रुपमा लगाइएको लगानीले कृषि क्षेत्रमा नव आयाम हुने जनाईएको छ । रोशनी लामा, तुलसा मोक्तान, करुणा मोक्तान, विजय थिङ र अशोक मोक्तानको संयुक्त लगानी रहेको संचालक विजय थिङले बताए । विभिन्न जिल्ला भित्र रहेका कृषि फर्मबाट कृषि उपज ल्याउने उनले बताए । बजार भाउ भन्दा हामीले सस्तोमा विक्री गर्ने र अर्डर आएको खण्डमा होम डेलिभरीको समेत व्यवस्था रहेको उनले बताए ।

कार्यक्रममा सहकारी अभियान्ता लक्ष्मी थिङ, मञ्जु थिङ, कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जानुका दवाडी, विनिता बज्यु लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*