प्रदेशस्तरीय नमूना युवा संसदको स्थापना र अभ्यास

२३ जेष्ठ २०७६, बिहीबार १८:३१

हेटौंडा \  प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले देशलाई समृद्धि दिशातर्फ अगाडि लैजानको लागि पाँच समूहलाई लिएर बजेट निर्धारण गर्नुपर्ने बताएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदले आयोजना गरेको प्रदेशस्तरीय नमूना युवा संसदको स्थापना र अभ्यासको समापन कार्यक्रम बोल्दै मन्त्री ढुङ्गेलले भूगोल, जनसंख्या, आवश्यकता, लक्षित समूह र वर्गीय समूहलाई मापन गरी बजेट निर्धारण गर्नुपर्ने बताए । ‘बजेट निर्धारण गर्दा गाउँमूखी र  शहरमूखी दुवै हुनु आवश्यक छ,’ मन्त्री ढुङ्गेलले भने,‘बजेट तयार गर्दा भूगोललाई ध्यान दिएनाँै भने हामी पछाडी पर्छौं । बजेटलाई समाजवादसँग जोड्नुपर्दछ । जनतासँग गाँसिएको राजनीति अब चाहिन्छ ।

यदि यो भएन भने चुडिन्छ । मानिसमा वर्गीय चित्रण भएन भने काम नलाग्ने हुन्छ । जनता भनेको डोरी हो ।’ अरु प्रदेशको तुलनामा तीन नम्वर प्रदेश पृथक रहेकोमा उनले जोड दिए । राष्ट्रिय युवा परिषदका सदस्य पवित्रा भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद मुनु सिग्देलले संसदीय अभ्यास कार्यक्रमले गर्दा युवाहरु राजनीतिमा आकर्षण बढ्ने बताएकी छिन् ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले स्थानीय तहमा पनि संसदीय अभ्यास कार्यक्रम सञ्चालन हुदाँ युवाकहरुको क्षेमता तथा नेतृत्व विकास हुनेमा जोड दिए । कार्यक्रममा राष्टिूय युवा परिषदका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघ राष्टिूय महिला उद्यमी सिप विकास समितिका संयोजक मेनका श्रेष्ठ, अनेरास्ववियू क्रान्तिकारीका दिनेश सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

जिल्ला युवा समिति मकवानपुरको व्यवस्थापन तथा राष्टिूय युवा परिषदको आयोजनामा जेठ १९ गते देखि जेठ २२ गतेसम्म हेटाँैडामा प्रदेशस्तरीय नमूना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*