सहकारीद्धारा डस्टविन वितरण

२४ जेष्ठ २०७६, शुक्रबार ०८:४४

सिधाखबर \ विश्व वातावरणको अवसर पारेर भीमफेदी गाउँपालिका वडा २ भैंसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाले फोहोर संकलन गर्न सहज होस भन्ने हेतुले डस्टविन वितरण गरेको छ ।

वडा अध्यक्ष काशिराम बज्युको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक भरत परियार, भैंसे स्वास्थ्य चौकीका सञ्जु थोकर, सहकारी संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गाना, स्थानिय भैंसेबासीहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षतामा भएको थियो । डस्टविन वितरण पश्चात विद्यालय, स्वास्थ्य चौकी, मठमन्दिर लगायत विभिन्न स्थानहरुमा सरसफाई समेत गरिएको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*