दिव्य सेवामा फलफुल वितरण

२४ जेष्ठ २०७६, शुक्रबार १९:४३

सिधाखबर \  हेटौंडा -४मा रहेकाे  श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिंकाे स्थापना दिवसकाे अवसरमा  सचेतक समाजकाे सयुक्त अायाेजनामा अाज राताेमाटे स्थित दिव्य सेवा अाश्रममा फलफुल तथा बिस्कुट वितरण गरिएको छ । संस्थाका अध्यक्ष  भाेला प्रसाद शर्मा खरेलकाे अध्यक्षतामा भएको कार्यक्रममा दिब्यसेवा निकेतनका क्रेन्दिय अध्यक्ष तुलसी राम निराैलाकाे प्रमुख अतिथ्याता रहेकाे थियाे ।

कार्यक्रममा सचेतक समाजका अध्यक्ष रामहरि खरेल संस्थापक अध्यक्ष हरि रिजाल ,रमेस ध्वज कार्कि, सहकारि संस्थाका कार्यसमितिका पदाधिकारिहरु र सचेतक समाजका कार्यसमितिका पदाधिकारी हरुकाे उपस्थिति थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*