भिमफेदी १ मा भारतिय कार दुर्घटना हुदा ४ जना घाइते

२६ जेष्ठ २०७६, आईतवार २०:०३

सिधाखबर \ त्रिभुवन राजपथको भिमफेदि गाउँपालिका वडा १ सामरी पुल नजिक भारतिय नम्बर प्लेटको कार दुर्घटना हुदा ४ जना गम्भीर घाइते भएका छन ।
भैसेबाट हेटौँडा आउदै भारतीय डी आई ९सिएल ४५३१ नम्बरको सुजिकी कम्पनीको कार दुर्घटनाग्रस्त भएको हो । कार तिब्र गतिका कारण अनियन्त्रीतभै पुलको बारमा ठोक्किएर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित ४ जना घाईते भएको र घाईते ४ जनाको अवस्था गम्भीर भएकोले हेटौँडामा उपचार सम्भंव नभएपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनााएको छ।   घटनामा बालिकाकाे अवस्था भने गम्भीर रहेकाे चाैकिटाेल प्रहरी चाैकिले जनाएको छ । घाइते  ४ जनाको पहिचान खुलेकाे छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*