प्रदेश समन्वय परिषद्को बैठक हेटौंडामा सुरु

२९ जेष्ठ २०७६, बुधबार १०:२०

सिधाखबर \ प्रदेश ३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आजबाट हेटौंडामा सुरु भएको छ । दुई दिन हुने बैठकमा प्रदेश ३ का स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक सुरु भएको छ । प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाको आयोजनामा भइरहेको बैठकमा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, उद्योग,वन तथा वातावरण मन्त्री अरुण नेपाल,भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभाका उपसभामुख राधिका तामाङ, प्रदेश सभा सदस्यहरु, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, महानगर, उपमहानगर, नगर, गाउँपालिकाका अध्यक्ष एंव उपाध्यक्षहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटा, विभिन्न मन्त्रालयका सचिवहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*