सजावटी फुल निर्माण तालिम सुरु

२९ जेष्ठ २०७६, बुधबार १७:३४

सिधाखबर \ भीमफेदी गाउँपालिका वडा २ भैसेंमा १० दिने सजावट फुल निर्माण सम्बन्धी तालिम सुरु भएको छ ।  गाउँपालिकाको आर्थिक सहयोग र महिला एकता बचत तथा ऋण सहकारीको संस्थाको आयोजनामा तालिम सुरु भएको हो । आज एक कार्यक्रमको आयोजना गरि तालिमको सुरुवात गरिएको हो ।

वडा २ का अध्यक्ष काशीराम बज्युको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य रेनुमाया जर्गा, सहकारीका उपाध्यक्ष लक्ष्मी राना, तालिमका प्रशिक्षक पद्मा महर्जन, पत्रकार श्रीराम अर्जुन लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा बोल्दै वडा अध्यक्ष बज्युले सिकेर मात्र छोड्ने होइन्, सीप सिकेर आय आर्जनमा लाग्न आग्रह गरे । उनले तालिम तालिममा नै सिमित नहोस भन्दै उत्पादन भएका वस्तु सहकारी मार्फत विक्री वितरण गर्न आग्रह गरे ।

तालिममा सहकारी संस्थामा आवद्ध २० जना महिलाहरुको सहभागिता रहने संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताईन्, । गाउँपालिकाबाट ९० हजार रकम तालिमलाई आएको र उक्त रकमले महिला दिदीबहिनीहरुलाई सीप सिकार उद्यमी बनाउन लागेको व्यवस्थापक ढुङगानाले बताईन्, । कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*