एक वर्ष भित्र प्रदेश नीति तथा योजना आयोगले गरेका कार्य (पुरा पढ्नुस्)

२९ जेष्ठ २०७६, बुधबार १८:३५

सिधाखबर \ प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगले एक वर्ष भित्रमा गरेका कामको विवरण सार्वजानिक गरेको छ । आज आयोगको सचिवालयमा पत्रकार सम्मेलन गर्दै एक वर्ष पुरा भएको सन्र्दभमा एक वष भित्र गरेका मुख्य कामबारे जानकारी दिइएको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले आयोगले गरेका मुख्य कार्यहरुबारे जानकारी दिएका थिए ।

कार्यक्रममा आयोगका सदस्यहरु श्याम कुमार बस्नेत, प्रा.डा रामचन्द्र ढकाल, डा. यमुना कंडेल,मुख्यमन्त्रीका राजनितिक सल्लाहकार लगायत सञ्चारकर्मी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रमका बीच स्थापनाको समयदेखि आयोगमा कार्यरत रहि उत्कृष्ठ कार्यसम्पादन गर्ने अधिकृत (सातौं) चिरञ्जिवी प्रसाद पौडेललाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । आयोगको संगठन संरचना अनुसार सुरुमा १६ जनाको दरबन्दी रहेता पनि सिमित कर्मचारीबाट कार्य प्रारम्भ गरेको थियो ।

हाल कर्मचारी दरबन्दी संख्या २२ जना कायम भएको र कर्मचारी पनि थप भएकाले कार्य सञ्चालनमा सहजता भएको उपाध्यक्ष डा देवकोटाले बताए । आयोगको कुल स्वीकृत बजेट ४ करोड, ७१ लख १ हजार ५०० रहेको थियो भने बैशाख मसान्त सम्म १ करोड ७७ लाख ८२ हजार ८८८ खर्च भएको उपाध्यक्ष डा देवकोटाले बताए ।

आयोगले गरेका मुख्य मुख्य कार्यहरु:-

क) दीर्घकालीन सोच, तथ्यपरक नीति तथा योजना तर्जुमा अन्तर्गत
१. प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशन (२०७५।११।५ को
प्रदेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत)
२. मागमा आधारित योजना छनौट कार्यविधि तर्जुमा
३. प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन
४. उपभोक्ता समिति गठन सञ्चालन र व्यवस्थापन निर्देशिका तयार
५. परियोजना बैंक तयार
६. योजनाको छनौटको प्राथमिकता र मापदण्ड मार्गदर्शन

(ख) अनुगमन तथा मुल्याङ्कन :
१. अनुगमन तथा मूल्याङ्कन निर्देशिकाको मस्यौदा तयार गरेको
२. नियमित अनुगमन गर्ने गरेको ।

(ग) तहगत समन्वय
१. प्रदेशको सबै जिल्लामा पहिलो आवधिक योजनाको आधारपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको ।
२. जिल्ला समन्वय समितिहरुको समन्वयमा १३ वटै जिल्लाका ६६ निर्वाचन क्षेत्रमा प्रदेशस्तरीय योजना छनौट कार्यक्रम सञ्चालन गरेको ।

(घ) अध्ययन अनुसन्धान तथा अन्वेषण :
१. प्रदेशको वस्तुस्थिति विवरण तयार तथा प्रकाशन
२. स्थानीय तहको वस्तुस्थिति विवरण तयार तथा प्रकाशन
३. A Province with many prospects तयार तथा प्रकाशन
४. स्थानीय तहको मानव विकास सूचकाङ्क तयारी (प्रक्रियामा रहेको)
५. स्थानीय तहको पूर्वाधार विकास सूचकाङ्क तयारी (प्रक्रियामा रहेको)
६. मध्यमकालीन खर्च संरचना पुस्तिका २०७६\७७ (प्रक्रियामा रहेको)
७. वार्षीक विकास कार्यक्रम पुस्तिका (रातो किताव) २०७६\७७ (प्रक्रियामा रहेको)
८. दिगो विकास द्यबकभ ष्लिभ कगचखभथ (प्रक्रियामा रहेको)
९. प्रथम आवधिक योजनाको तयारी (प्रक्रियामा रहेको)
१०. प्रदेशको आवधिक तथा वार्षिक योजना तर्जुमा दिग्दर्शन (प्रक्रियामा रहेको)

(ङ) निजी क्षेत्रसँगको अन्तरक्रिया :
चितवनको भरतपुरमा २०७६ वैशाख ६ र ७ गते सरकारी, निजी र सहकारी क्षेत्र लगायत विभिन्न विषय विज्ञको सहभागितामा निजी क्षेत्रको लगानी सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको ।

(च) विविध
१. नेपाल उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको
२. कृषि वित्तीय स्रोत व्यवस्थापन विषयक कार्यक्रम सञ्चालन गरिएको ।
३. दिगो विकासका लक्ष्यहरुको आधार तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*