कश्मिरमा फेरि आक्रमण, सुरक्षाकर्मीसहित पाँचजना मारिए

२९ जेष्ठ २०७६, बुधबार १८:५२

एजेन्सी \  भारतको जम्मु-कश्मीरस्थित अनन्तनागमा चरमपन्थीहरुले हमला गरेका छन्। चरमपन्थीहरुले पुलिस र सीआरपीएफको टोलीमाथि हमला गरेका हुन्। यसक्रममा कम्तीमा पनि तीनजना भारतीय फौजका जवान मारिएका छन्। यो घटनामा एक प्रहरी अधिकृतसहित चारजना गम्भीर घाइते छन्।

जवाफी कारबाहीमा एकजना चरमपन्थी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  पुलिसका अनुसार अनन्तनागस्थित केपी रोडमा दुई चरमपन्थीले सीआरपीएफ-पुलिस टोलीमाथि ग्रिनेड हमला गरेका थिए। त्यसक्रममा भएको भिडन्तमा एक चरमपन्थी र एकजना भारतीय नागरिक मारिएका छन्।
-थाहाखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*