सुख्खा पहिराे खस्दा पुरियाे एक्साभेटर, दुई जनाकाे मृत्युु

३० जेष्ठ २०७६, बिहीबार १५:००

राक्सिराङ \ मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भिरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुई जना डोजरका हेल्परहरुको ज्यान गएको छ ।

मकवानपुरको विकट गाउँपालिकामा आज दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी इन्चार्ज विरेन्द्र पनेरुको अनुसार घटनाको थप विवरण आउन सकेको छैन ।

तस्विर: प्रदेश सभा सदस्य सन्त चेपाङकाे फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*