पदको पछि नलाग्न नेता बानियाँको आग्रह

३२ जेष्ठ २०७६, शनिबार १८:०८

सिधाखबर \ मकवानपुरगढि गाउँपालिका स्तरिय तरुण दलको बृहत भेलालाई सम्बोधन गर्दै प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले पदको पछि नलाग्न आग्रह सबैलाई गरेका छन्, ।

पार्टीभित्र पदको लागि नभई योगदान मुलक काम गरि पार्टीमा आवद्ध रहन आग्रह गरे । उनले कांग्रेसको विधि र शासनमा कम्युनिष्ठले काम गर्न नसक्ने बताए । उनले अहिलेको सरकारले सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्दै जनतामा भ्रमको खेति गरिरहेको बताए ।

मकवानपुरगढि गाउँपालिका स्तरिय तरुण दलको बृहत भेलामा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य संगठन विभागका प्रमुख कृष्णप्रसाद संजेल, तरुण दल विभागका प्रमुख अर्जुन तिवारी, जिल्ला सदस्य तथा वडा ७का अध्यक्ष सुर्य बहादुर रुम्बा, क्षेत्र २ का क्षेत्रिय सभापति यतिराज सापकोटा, नेता दोर्जे लामा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष राजु खतिवडा लगायतकाले आफ्नो भनाई राखेका थिए ।

भेलामा वडा अध्यक्ष, विभिन्न भातृसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तरुण भेलामा ५९ जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, । भेलाबाट सानुकान्छा थिङको अध्यक्षतामा तरुण दलको तदर्थ समिति गठन गरिएको छ । आजको भेला सानुकान्छा थिङको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*