स्वास्थ्य इकाई नै हाम्रो लागि हस्पिटल जस्तै भाको छ : स्थानिय

१ असार २०७६, आईतवार १८:५३

-श्रीराम अर्जुन

सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा १ मा रहेको आपँटार सामुदायिक स्वास्थ्य ईकाइको सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानियबासी विष्णुमाया भोम्जनले स्वास्थ्य ईकाइ वडाबासीलाई हस्पिटल नै लागेको बताइन्, । गाउँपालिकाको विकटमा पर्ने यातायातको पहुँच नभएको अवस्थामा पाएको दुख सम्झदैं भोम्जनले यो ठाँउमा स्वास्थ्य ईकाइ रहे पछि सहज ढङगले सेवा पाएको बताईन्, ।

पहिला सिटामोलको लागि फुर्केचौर वा हेटौंडानै पुग्नुपर्ने अवस्था रहेको थियो । तर अहिले आफ्नै गाउँटोलमा सुत्केरी सेवा सहितको अन्य सेवा र गाउँघर क्लिनिक सेवाले गाउँवासी नै खुसि रहेको भोम्जनले बताईन्, ।

स्वास्थ्य ईकाइको सार्वजानिक सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष प्रल्हाद सोपकोटाले स्वास्थ्य ईकाइ टाढा भएको गुनासो पोखे । साविक २ फुलबारी बाट रानिशेरा पुग्नु भन्दा उपचार गर्न हेटौंडा १८ हर्नामाडी नजिक रहेको बताए । यातायातको साधन नपाउने र बाटो नभएकोले आफ्नै वडामा रहेको स्वास्थ्य ईकाइबाट सेवा लिन समस्या भएको बताए । प्रधानाध्यापक जानुका कार्कीले वडामा रहेका ५ वटा विद्यालय रहेको र ७ सय हाराहारीमा विद्यार्थी संख्या रहेकाले विद्यालयका प्राथमिक उपचारका लागि चाहिने सामाग्री आवश्यक रहेको र ३/३ महिनामा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्न माग गरिन्, । स्वास्थ्य ईकाइमा प्रायः सामाग्री रहेता पनि निमोनिया हुँदा प्रयोग गरिने मेशिन आवश्यक रहेको स्थानियले बताए ।

कार्यक्रममा ईकाइका प्रमुख अहेव मदन सिंह ठगुन्नाले कर्मचारीको आधारभुत तलब भत्ता नभएको, कर्मचारीको आवासको व्यवस्था हुनुपर्ने, गाउँघर क्लिनिक/खोप क्लिनिक संचालन गर्ने भवन नभएको, खानेपानीको व्यवस्था राम्रो नभएको समस्याहरु राखे । उनले आगामी वर्षमा प्रत्येक महिना बहु—समूह स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने, पूर्ण संस्थागत सुत्केरी कार्यक्रम (घरमा सुत्केरी नगराउने)को सुरुवात गर्ने, जेष्ठ नागरिक—लक्षित वर्ग घरदैलो अभियान महिनामा १ पटक सञ्चालन गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम राख्ने योजना प्रस्तुत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा १ का अध्यक्ष आइत सिं लो, प्रमुख प्रशासकिय अधिकृत भीम परियार, स्वास्थ्य शाखाका संयोजक भोला चौलागाई, ईकाईका प्रमुख मदन सिंह ठगुन्नाले कार्यक्रममा स्थानियले उठाएका स्वास्थ्य संग जोडिएका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए ।

वडामा ईकाइ सञ्चालन पछि पहिलो पटक कार्यक्रम गर्दा स्थानियले आफ्नो स्वास्थ्य संग सम्बन्धित कुरा सम्बन्धित व्यक्ती समक्ष पुग्नाले कार्यक्रमको आयोजना गरिएको इकाई प्रमुख ठगुन्नाले बताए । उनले वर्ष भरि भएका खर्च आम्दानी र कार्य सम्पन्न भएको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ईकाईलाई सहयोग गर्ने व्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो । वडा १ बासी रमेश कुमार थिङ, हेटौंडा ६ का पुरुषोत्तम खनाल, वडा अध्यक्ष आइत सिं लो, स्वास्थ्य शाखा संयोजक भोला चौलागाई, प्रमुख प्रशासकिय अधिकृत भीम परियारलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरु, विद्यालयका प्रअ सुन्दर सिं लो, वडा १ का विभिन्न टोल विकासका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यायलका अध्यक्ष, स्वंम सेविकाहरु लगायत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*