आइएमइ लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी रकम हस्तान्तरण

१ असार २०७६, आईतवार १९:१४

सिधाखबर \ आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले मृत्यदावी रकम मृतकले इच्छाएको व्यक्तिलाई हस्तान्तरण गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सको कर्पाेरेट एजेन्ट मुक्तिनाथ विकास बैंक लि. मनहरी शाखाबाट ४ महिना अगाडी मनहरी–७ निवासी गितामाया तामाङको जीवन बिमा गराएको थियो ।

विमक तामाङको गत वैशाख ६ गते मुखबाट रगत गई मृत्यु भएपछि बीमाबाट प्राप्त रकम इच्छाएको व्यक्ति (छोरा) प्रकाश तामाङलाई १ लाखको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुर सिं तितुङ, आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक रुद्रनाथ घिमिरे, मार्केटिङ अपिसर केवल बानियाँ, मुक्तिनाथ विकास बैंकका शाखा प्रवन्धक चन्द्रकान्त आचार्य, प्रकाश न्यौपाने, साना तथा मझौला बैंकिङका प्रमुख सुर्य पौडेल, वडा प्रतिनिधिहरु मृतक परिवारका आफन्तहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष तितुङले जीवन बिमाको महत्वबारे बोल्दै सम्पूर्ण व्यक्तिहरुलाई बीमा गर्दाको फाइदाबारे जानकारी दिए । त्यस्तै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक घिमिरेले बिमा किन गर्ने, बिमा गर्दाको फाईदाबारे बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*