गाउँघर क्लिनिकबाट वडाबासी लाभान्वित

३ असार २०७६, मंगलवार ०९:३४

-श्रीराम अर्जुन,हेटौंडा



मकवानपुरगढी गाउँपालिका वडा १ मा रहेको आपँटार सामुदायिक स्वास्थ्य ईकाइबाट २२ जनाले सुत्केरी सेवा लिएका छन्, । जेष्ठ मसान्त सम्ममा २२ जनाले सेवा लिएको स्वास्थ्य ईकाइका प्रमुख मदन सिंह ठगुन्नाले बताए । नियमित सेवा प्रदान गर्ने सामान्य चेकजाँच, नवशिशु तथा बाल स्वास्थ्य सेवा, परिवार नियोजन सेवा जस्तैः कण्डम, पिल्स, डिपो, इम्पालान्ट सेवा दिदैं आएको प्रमुख ठगुन्नाले बताए । उनले ईम्पालान्ट सेवा हाल सम्म २२ जनाले सेवा लिएको बताएका छन्, ।

वडा १ का स्थानियबासी विष्णुमाया भोम्जनले स्वास्थ्य ईकाइ वडाबासीलाई हस्पिटल नै लागेको बताइन्, । गाउँपालिकाको विकटमा पर्ने यातायातको पहुँच नभएको अवस्थामा पाएको दुख सम्झदैं भोम्जनले यो ठाँउमा स्वास्थ्य ईकाइ रहे पछि सहज ढङगले सेवा पाएको बताईन्, । पहिला सामान्य विरामी पर्दा पनि उपचारको लागि फुर्केचौर वा हेटौंडानै पुग्नुपर्ने अवस्था रहेको थियो । तर अहिले आफ्नै गाउँटोलमा सुत्केरी सेवा सहितको अन्य सेवा र गाउँघर क्लिनिक सेवाले गाउँवासी नै खुसी रहेको भोम्जनले बताईन्, ।

आपटार सामुदायिक स्वास्थ्य इकाई को फोटो।
ईकाइबाट हाल सम्म ४ जनाले क्षयरोग उपचार लिएर निको भएको र २ जनाले उपचार गराउदै गरेको प्रमुख ठगुन्नाले बताए । भौगोलिक दृष्टिले विकट रहेको वडा १ मा धेरै जसो वडाबासी उपचार गराउन स्वास्थ्य ईकाइमा आउन मान्दैनन्, तामाङ समुदायको बहुल्यता रहेको वडामा अधिकांश अशिक्षित रहेकोले पनि आउन नमानेको हुन सक्ने ठगुन्नाको भनाइ रहेको छ । विभिन्न रोगका स्वास्थ्य शिविर राख्दा केहि जटिलता देखिएकोले निशुल्क हेटौंडामा उपचार गराउने वातावरण मिलाउँदा पनि उपचार गराउन नगएको ठगुन्नाले बताए ।
गाउँपालिकाल वडामा स्वास्थ्य ईकाइ राख्ने योजना अनुरुप प्रत्येक वडामा स्वास्थ्य चौकी / ईकाइ सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख भीम परियारले बताए । गाउँपालिकामा राखिएको ईकाई मध्ये वडा एकले धेरै काम र सेवा दिएको बताए । वडा ३ र ४ मा रहेको इकाई हेटौंडा बजार बाट नजिक भएकोले सुत्केरी सेवा लगायत अन्य सेवा लिन हेटौंडा जाने भएकाले जटिल स्वास्थ्य सेवा बाहेक अन्य सेवा भइरहेको उनले बताए ।


वडा १ हेटौंडाबाट टाढा र यातायातको पहुँच नभएकोले स्थानिय स्वास्थ्य ईकाइमा नै पुगेर सेवा लिने गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक भोला चौलागाईले बताए । हामीले एक वर्षमा नै भवन निर्माण गर्यौं । अर्को भवन तयारी अवस्थामा रहेको छ अब झ्याल ढोकामा चौकोस हाल्ने काम बाँकी रहेको छ काम सकेपछि सेवाको वृद्धि हुने र सेवा लिनेको संख्या पनि बढ्ने संयोजक चौलागाईले बताए ।
ईकाइबाट प्रत्येक महिना ५ स्थानबाट गाउँघर क्लिनिक सेवा दिदैं आएको ईकाइ प्रमुख ठगुन्नाले बताए ।

सुरुवातको बेला ३ स्थानबाट सेवा दिएको र पछि विस्तार गर्दै पाँच स्थानबाट गाउँघर क्लिनिक संचालन गरेको उनले बताए । यो सेवाले स्थानिय बासी लाभान्वित भएको प्रमुख ठगुन्नाको ठहर रहेको छ । महिनाको ११ गते डाडाँगाउँ, १५ गते फुलबारी, २० गते मानेडाँडा, २१ गते धाप र २२ गते पिङडाँडामा सेवा दिने गरेको जानकारी दिए ।

आपटार सामुदायिक स्वास्थ्य इकाई को फोटो।
वडाबासीको सुविधाको लागि गाउँघर क्लिनिक र घरदैलो अभियान लाभदायक रहेको वडा अध्यक्ष आइत सिं लोले बताए । भौगोलिक रुपमा विकट रहेकोले घरदैलो सेवा सहित गाउँघर क्लिनिक सेवा लाभदायक रहेको बताए । सेवा प्रदान गर्नाले प्रायः स्वास्थ्य सेवाबाट बन्चित नहुने बताए । हामीले पहिलो पटक ईकाइबाट पुरुष स्थायी बन्ध्याकरण कार्यक्रम राख्दा ६ जनाले सेवा लिएको अध्यक्ष लोले बताए । क्रमिक रुपमा विकास निर्माणको काम भइरहेकोले स्वास्थ्य ईकाइ सम्म आउने मोटरबाटो बन्दै गएको हुनाले सबै वडाबासीले अब स्वास्थ्य सेवामा पहुँच पुग्ने बताए । कर्मचारी अभावका कारण सेवा दिन अप्ठयारो भइरहेको अध्यक्ष लोको भनाइ रहेको छ । भएको कर्मचारी पनि स्वास्थ्य अवस्थाले गर्दा राजिनामा दिएर बसेकाले स्वंयसेवकको रुपमा एक जना अनमीलाई कार्यालयमा राखेर सेवा दिइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*