सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको अध्यक्ष थापाको आरोप

६ असार २०७६, शुक्रबार १६:३२

काठमाडाैं  \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाए। अध्यक्ष थापाले सरकार सामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको दावी पनि गरे। सरकारले मिडिया, मानव अधिकार आयोग र न्यायालयमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ। अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दावी पनि गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*