विप्लव नेतृत्वले नेपाल बन्द गर्ने

६ असार २०७६, शुक्रबार १६:३८

काठमाडौँ \ आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार  १० गते नेपाल बन्दको कार्यक्रम तय गरेकाे जनाएकाे छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेकाे छ ।विज्ञप्तिका अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*