युवा संगठन क्रान्तिकारीकाे प्रथम राष्ट्रिय सम्मेलन आजदेखि हेटौंडामा सुरु

६ असार २०७६, शुक्रबार १७:००

मकवानपुर \ माेहन बैद्य ‘किरण’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) काे  युवा संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि हेटौंडामा सुरु भएको छ ।

असार ६ र ७ गते सम्म हुने सम्मेलनको क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ ले उद्घाटन गर्नुभएको हाे । उद्घाटन हुनुभन्दा पहिले युवा लिगको र्यालीले हेटौंडा नगरको परिक्रमा गरेकाे थियो ।

उद्घाटन सत्रमा महसचिव किरण, बरिष्ठ नेता सिपि गजुरेल, लिगका केन्द्रिय संयोजक अमिर महर्जन, दिनेश शर्मा सागर, पवनमान श्रेष्ठ, दिल बहादुर घिसिङ फुर्वा, बामपन्थी नेता गोबिन्द श्रेष्ठ, क्रान्तिकारी माओवादीका स्थानीय नेताहरु सतार हुसेन, पारस लामा, सागर उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

तस्विर: निरन्तर न्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*