लोकसेवाको विज्ञापनको सुनुवाइ असार १५ गते

११ असार २०७६, बुधबार १६:५१

काठमाडौं \ लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ बुधबार पनि सरेको छ। चार रिटमाथिको सुनावाइ योसँगै चौथोपटक सरेको हो। आइतबार दिनभर बहस भए पनि रिट निवेदककै तर्फको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो।

बुधबार बसेको न्यायाधीशहरू हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासले पुन असार १५ गतेसम्मलाई सुनुवाइ सारेको हो।  रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी आइतबारसम्मको लागि सुनुवाइ सारिएको हो। लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको ४ वटा रिट रहेका छन्। लोकसेवाको विज्ञापन समावेशी बनाउनका लागि  रद्ध गरी पुनर्विज्ञापन गर्न माग गर्दै रिट परेको हो।

आयोगको विज्ञापनमा भने हिजोसम्म ३ लाख ६७ हजारको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर असार १७ गते बेलुकीसम्म आवेदन दिन सकिनेछ। आयोगले स्थानीय तहका लागि गत जेठ १५ गते ९ हजार १ सय ६१ को संख्यामा भर्ना आह्वान गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*