मुख्यमन्त्री पौडेल ५ दिने भ्रमणका लागि चीन प्रस्थान

१७ असार २०७६, मंगलवार १२:२४

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने भ्रमणका लागि आज( मंगलबार) चीन प्रस्थान गरेका छन् । चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री पौडेलसंग उनकी धर्मपत्नी बिजया पौडेल, प्रदेश सभा सदस्यहरू जुनेली श्रेष्ठ, कंचन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचीव अनुप पौडेल सहभागी रहेका छन् । उनीहरुको टोली असार २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*