विकास निर्माण काममा असार मसान्त : मुख्यमन्त्रीहरु भने विदेश दौडाहामा

१७ असार २०७६, मंगलवार १६:५१

सिधाखबर \ नेपालमा संघीयता आए पछि सात प्रदेशको संरचना बन्यो । सोही अनुरुप प्रदेश सरकारको गठन भयो । विकास निर्माणमा असार मसान्त लागि रहेको अवस्था प्रदेश सरकारका मुख्यमन्त्रीहरु भने विदेशका कार्यक्रममा सहभागि हुन पुगेका छन्, ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार अमेरिका प्रस्थान गरे । उनी अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्, । मुख्यमन्त्री राई त्यहाँको बाल्टिामोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा सहभागी हुदैछन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि सोमबारनै चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उनी चीनको छेन्दु प्रान्त गएका हुन् । प्रमुख सचेतक, प्रदेश सांसद लगायत उनको भ्रमणमा दलमा १९ सदस्यीय रहेको छ । मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्नेबारे साझेदारी हुने जनाइएको छ ।

त्यस्तै, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि ५ दिने चीन भ्रमणका लागि आज मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणमा चीन लागेका हुन्, । प्रदेश ३ र गान्सु प्रान्तबीच गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।उनको टोलीमा ९ सदस्यीय टोली सहित चीन प्रस्थान गरेका हुन्, ।

मुख्यमन्त्री विदेश कार्यक्रममा गए पछि प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुलाई जिम्मा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*