स्व.कोईरालाको जन्मदिवसको अवसरमा बुद्ध चाेकमा लाखबत्ती

१९ असार २०७६, बिहीबार ०७:१५

हेटौँडा \ नेपाल विद्यार्थी संघ मकवानपुरले कांग्रेस पुर्व सभापती एवं नेपलका पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मदिवसको अवसरमा लाखबत्ती प्रज्वलन छ ।

बुधबार साँझ नेविसंघ मकवानपुरले बुद्धचोकमा स्व.कोईरालाको ९६ औं जन्मदिवसको अवसरमा लाखबत्ती प्रज्वलन गरेको हो । नेपालमै पहिलो पटक कुनै राजनैतिक व्यक्तीको जन्मदिनको अवसर पारेर नेविसंघ मकवानपुरले लाखबत्ती प्रज्वलन गरेको नेविसंघ मकवानपुर सभापति राजु खतिवडाले बताए ।

काँग्रेस मकवानपुर सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको लाखबत्ती प्रज्वलन कार्यक्रममा काँग्रेस मकवानपुर कोषध्यक्ष गोपिलाल विक, काँग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला, तरुण जिल्ला सचिव सचित थापा, नेवि संघ अध्यक्ष राजु खतिवडा लगायत कांग्रेस मकवानपुर नेता कार्यक्रर्ता, नेवि संघ तथा तरुणहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*