मन्त्री र सभापतिबीच बैठकमा भनाभन

२० असार २०७६, शुक्रबार ०७:३३

काठमाडौं \ विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ, मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्योलमा परेका थिए ।

सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*