विद्यालयका कर्मचारीलाई पोसाक भत्ता

२० असार २०७६, शुक्रबार ०८:०९

काठमाडौं \ सरकारले चालु आर्थिक वर्षदेखि सार्वजनिक विद्यालका प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई अन्य सरकारी कर्मचारी र शिक्षकसरह पोसाकभत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्ता सहयोगी कार्यकर्ता तथा कर्मचारीको संख्या ६४ हजार छ उनीहरुले पोसाक भत्ताबापत् वार्षिक एकमुष्ट १० हजार रुपैयाँका दरले पाउने मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

बैठकले बाग्मती नदी तटीय क्षेत्र सुधार आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहयोग लिने सम्बन्धमा सरकार तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा आठ सदस्यीय टोली गठन गरी एसियाली विकास बैंकसँग वार्ता गर्न अख्तियारी दिएको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*