बार्षिकोत्सवमा बृद्धाश्रमलाई सहयोग

२० असार २०७६, शुक्रबार १०:५९

हेटौँडा \  हेटौँडा २ मा रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा शुक्रबार बृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा हेटौँडा–१७ गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न तथा फुलफुल सहयोग गरेको हो ।

संस्थाका उपाध्यक्ष भवनाथ गौतमले बृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देललाई सहयोग हस्तान्तरण गरेका छन् । बृद्धाश्रमका अध्यक्ष सिग्देलको प्रमुख आतिथ्यता एवं संस्थाका उपाध्यक्ष गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बर वडाका सदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, बृद्धाश्रमका सचिव कुमारमणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाले फलफुलसंगै खाद्यान्न खरिदका लागि नगद ५ हजार रुपैँया सहयोग गरेको छ ।

कार्यक्रममा संस्थाका पदाधिकारी एवं कर्मचारी, बृद्धाश्रमका पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*