नायिका शर्माले उद्घाटन गरिन हेटौंडामा सपना मेकअफ स्टुडियो

२० असार २०७६, शुक्रबार १३:३८

सिधाखबर \ हेटौंडामा सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गरि नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन्, । स्टुडियोको उद्घाटन पश्चात नायिका शर्माले शुभकामना दिदैं व्यवसाय सफल रहोस भनिन्, । हेटौंडाबासीले यो सेवा लिएर सन्तुष्टि हुनेमा विश्वास लिएको बताईन्, ।

हेटौंडाको नारायणी मलको दोस्रो तलामा सञ्चालनमा आएको मेकअफ स्टुडियोमा जेन्स, लेडिज बालबच्चा सबैको मेकअफ, हेयर कटिङ, हेयर कलरिङ, बेहुली श्रृङ्गार सेवाहरु प्रदान गरिने सञ्चालक सपना श्रेष्ठ लामिछानेले बताईन्, । पहिलो पल्ट यो सेवा हेटौंडामा सुरु गरेका छौं नयाँ सेवाको रुपमा काम गरिने बताईन्, ।


तालिम प्राप्त प्रोफेसनल ४ जना जनशक्तीले सेवा दिइने सञ्चालन लामिछानेले बताईन्, । चर्चित नील डेभिडबाट तालिम लिएका मेकअफ म्यानबाट सेवा दिने समेत बताईन्, । सञ्चालक लामिछानेका अनुसार सेवा मात्र नभई हामीले यहाँ प्रशिक्षण तालिमको पनि काम गर्ने बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*