अण्डाको मुल्य प्रतिक्रेडमा ५० रुपैया वृद्धि

२० असार २०७६, शुक्रबार १९:१५

सिधाखबर \ अण्डाको मुल्य भोली शनिवारबाट वृद्धि हुने भएको छ । प्रतिक्रेडमा रु ५० वृद्धि हुने भएको हो । आज नेपाल अण्डा उत्पादक संघको हेटौंडामा बसेको बैठकले उक्त मुल्य बढाइएको हो । अब प्रतिक्रेडको मुल्य २८० रहने जनाइएको छ । संघका अध्यक्ष त्रिलोचन कंडेलको अध्यक्षतामा बसेको बैठकले अण्डाको मुल्य बढाइएको हो ।

कृषकको लागत मुल्य उठाउनको लागि मुल्य बढाइएको अध्यक्ष कंडेलले बताए । प्रतिवटा अण्डा कृषकले ९ रुपैया ३० पैसा पाउछन्, भने उपभोक्ताले प्रतिवटा अण्डा १३ रुपैयामा पर्ने बताए । बैठकमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले अण्डाको मुल्य संगै व्रोइलर कुखुराको मासुमा पनि वृद्धि भएको बताए । बैठकमा अण्डा उत्पादक संघका पदाधिकारी, पोल्ट्री संघका प्रतिनिधि, कुखुरा व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*