गाउँपालिकाको बजेटले माक्र्सवाद र माओवादको ३ दिने प्रशिक्षण

२० असार २०७६, शुक्रबार १९:३१

मनहरी \ मकवानपुरको एक गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को बजेटले नेकपाका कार्यकर्ताहरुलाई माक्र्सवाद र माओवादको ३ दिने प्रशिक्षण दिईएको छ । मकवानपुरको पश्चिमी क्षेत्रको विकट कैलाश गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को युवा क्षमता विकास तालिम शिर्षकको साँढे ३ लाख रकमबाट तीन दिवसीय आवाससहितको माक्र्सवाद र माओवादको बारेमा प्रशिक्षण दिएको हो ।

आयोजक कैलाश गाउँपालिका र फिलिङ्गो मिडिया सहयोगी रही असार १८ गतेबाट आज २० गतेसम्म ३ दिने आवाससहितको नेकपाका मनहरी, राक्सीराङ र कैलाश गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको श्रोतले जानकारी दिएको छ । पूर्व सूचना तथा संचारमन्त्री राम कार्की, नेकपाका नेताहरु डा. विजयकुमार पौडेल, घनश्याम भुसाल, रामनारायण विडारी, विरोध खतिवडा र प्रदिप घलानले प्रशिक्षण दिएका थिए । प्रशिक्षण युवापुस्ता, जनप्रतिनिधि र पार्टी पंक्तिको क्षमता विकास तथा नेतृत्व निर्माण तालिम अन्र्तगत माक्र्सवादका आधारभुत सिद्धान्त, नेपाली कम्युनिष्ट आन्दोलन र अवको कार्यभारका बारेमा केन्द्रित रहेको थियो ।

गाउँपालिकाको युवा क्षमता विकास तालिमको पैसाले आफ्ना कार्यकर्ताहरुलाई माक्र्सवाद र माओको सिद्धान्त पढाएको भन्दै कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरु आक्रोशित रहेका छन् । उनीहरुले यसबारेमा गाउँपालिका प्रमूखसंग जवाफ माग्ने बताएका छन् । यसबारेमा गाउँपालिका प्रमूख टंक मुक्तानसंग जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् । कैलाश गाउँ कार्यपालिकाको बैठक वडा अध्यक्षहरुद्वारा तेश्रोपटक पनि बहिष्कार कैलाश गाउँपालिकाको कार्यपालिका बैठक वडाअध्यक्षहरुद्धारा तेश्रोपटक पनि बहिष्कार गरेका छन् ।

कैलाश गाउँपालिकाका १० वटै वडा अध्यक्षहरुले तेश्रोपटक असार १७ गतेको बैठकसमेत बहिष्कार गरेका हुन् । वडा अध्यक्षहरुले सिलिङ बजेट नदिएको, बैठक व्यबस्थित र समयतालिकाअनुसार नभएको, फरक राजनीतिक दलको उपभोक्ता समितिले गरेको कामको पेश्की फछ्र्योट नगरेको, एजेण्डाको बारेमा जानकारी नै नदिई गाउँपालिका प्रमूखले एकलौटी निर्णय गर्न खोजेको आरोप लगाएका छन् । मकवानपुरको १० स्थानीय तहको मध्ये कैलाश गाउँपालिकाको मात्रै गाउँसभा हुन सकेको छैन् । यसअघि वडा अध्यक्षहरुले असार ६ गते र १० गतेसमेत बैठक बहिष्कार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*