लायन्स क्लब अफ हेटौंडा नारायणी मलमा दाहाल पदस्थापित

२० असार २०७६, शुक्रबार २०:०२

सिधाखबर \ लायन्स क्लब अफ हेटौंडा नारायणी मलको अध्यक्षमा अन्जन दाहाल पदस्थापित भएका छन्, । आज थाहानगरको पानोरमा रिर्सोटमा भएको एक कार्यक्रमका बीच उनलाई अध्यक्ष डा. सुन्दर श्रेष्ठले अध्यक्षको माला लगाएर पदस्थापित गराएका हुन्, । वर्ष २०१८/१९ का अध्यक्ष डा. सुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरपालिकाका उपमेयर तथा वर्ष २०१७/१८ का लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष खड्ग गोपालीको प्रमुख अतिथ्यता रहेको थियो ।


नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १४ वडाका अध्यक्ष दीपक खड्का, डिस्ट्रक चिफ वर्ष २०१९/२० का कृष्णराम न्यौपाने, वर्ष २०१९/२० का रिजनल चियर प्रसन शिव विडारी, जोन चियर प्रसन प्रह्लाद मिश्र,किशोर टन्डन र कविन सांगामी, चार्टड अध्यक्ष कैलाश ढकाल, विष्णु खनाल, रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर मणिराज गौतम लगायतको उपस्तिथी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*