संसोधित आयकर ऐन बारे जानकारी

२१ असार २०७६, शनिबार १९:०८

सिधाखबर \ संसोधित आयकर ऐन अनुसार कर व्यवस्थापन तालिम हेटौंडामा भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन)को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा भएको एक दिने कर व्यवस्थापन तालिम भएको हो ।

मकवानपुर जिल्ला सहित रौतहट र पर्सा जिल्लाका सहकारी संस्थाले पनि सहभागिता जनाएको फिल्ड कार्यालयका इन्र्चाज ज्योती महतले बताईन्, ।  सहकारी संस्थामा अहिले पछिल्दो समयमा जारी भएको आयकर ऐन बारे जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको महतले बताईन्, । तालिममा ३२ जना विभिन्न सहकारी संस्थाका व्यवस्थापन तथा सञ्चालक समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अर्डिटर प्रधुमन घिमिरेले तालिममा सहजिकरण गरेका थिए ।

नेफ्स्कुन मकवानपुर फिल्ड उपसमितिका सदस्य कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत हरिराम ढकाल,उपमितिका सदस्य विरेन्द्र प्रसाद ढुङ्गाना, पर्सा फिल्ड कार्यालयका उपसमितिका सदस्य असगर अली अंसारी, सदस्य राजेन्द्र प्रसाद जयसवाल लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*