वडा अध्यक्ष चौलागाईद्वारा अशक्त महिलालाई ह्वील चियर हस्तान्तरण

२२ असार २०७६, आईतवार १२:३८

सिधाखबर \ हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईद्वारा एक अशक्त महिलालाई ह्वील चियर हस्तान्तरण गरेका छन् । चौलागाईले हेटौँडा–६ रामनगरकी ५८ बर्षीया गुणमाया खड्कालाई ह्वील चियर हस्तान्तरण गरेका हुन् ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यबाट प्राप्त ह्वील चियर आवश्यकताको पहिचान गरी खड्कालाई हस्तान्तरण गरेको उनले बताए । १४ बर्षदेखि पक्षघातका कारण हिडडुल गर्न समेत समस्या रहेको अवस्थामा ह्वील चियर सहयोग हुँदा सहज हुने छोरा रत्न खड्काले बताए ।

शारिरीक अशक्तताका कारण घरमा एकजनाले कुरेरै बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*