यी हुन्, प्रहरीसँगको भिडन्तमा मारिएका प्रशान्त

२५ असार २०७६, बुधबार १५:५६

भोजपुर \ भोजपुर सदरमुकामको साप्ताहिक हटियामा बुधबार प्रहरी र नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तबीच गोली हानाहान भयो । उक्त गोली हानाहानका क्रममा प्रहरी र विप्लवका एक कार्यकर्ता मारिए। मृत्यु हुनेमा विप्लवका कार्यकर्ता भनिएका नीरकुमार राई प्रशान्त र नेपाल प्रहरी जवा सञ्जीव राई छन्।

को हुन् प्रशान्त

भोजपुरको षडानन्द नगरपालिका-१३ साबिकको बोया गाविसमा २०३८ सालमा जन्मिएका नीरकुमार राई यसअघि माओवादीले चलाएको १० वर्षे जनयुद्धमा पनि होमिएका थिए। उनी माओवादी जनसेनको कम्पनी कमाण्डरसम्म भएका थिए। रेखबहादुर राई र गंगामाया राईका १० सन्तानमध्ये कान्छा उनी माओवादी शान्ति प्रक्रियामा आएपछि विप्लवतर्फ लागेका थिए।  उनी पूर्वमाओवादीनिकट अखिल क्रान्किारीका केन्द्रीय सदस्य पनि भए। उनले हालको षडानन्द नगरपालिका-१३ बोयास्थित महेन्द्रोदय माविबाट एसएलसीसम्म सकेपछि माओवादी ‘जनयुद्ध’मा लागेका थिए।

माओवादीले सुरु गरेको जनयुद्धको प्रभावमा पूर्वी नेपालमा पनि परेपछि उनी २०५८ सालमा भूमगित भएका थिए। माओवादी जनयुद्धका बेला उनले पूर्वका विभन्‍न युद्ध लडेका थिए। मा‌‌ओवादी शान्ति प्रक्रियामा आएपछि विभाजित हुँदा उनी मोहन वैद्यतिर लागेका थिए। तर वैद्य नेतृत्वको पार्टी फेरि फुटेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लागेर पछिल्लो सयम ओखलढुंगाको सेक्रेटरी बनेका थिए।

-थाहाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*