बाढीपहिरोमा परेका ५ जनाको उद्धार

२५ असार २०७६, बुधबार १६:५५

सिधाखबर \ निरन्तर परिरहेको वर्षाका कारण बढेको राप्ती खोलाले बगाएका ४ जनाको उद्धार गरिएको छ भने पहिरोमा पुरिएका १ जनाको उद्धार गरिएको छ । हेटौँडाको राप्ती खोलाले बगाएका चारै जनालाई दुई स्थानबाट उद्धार गरिएको हो । खोलाले बगाएका एक जना महिलालाई राप्ती पुलमुनीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

यसैगरी मकवापनुरगढी गाउँपालिका वडा २ जितपुर भन्ज्याङ्गमा पहिरोमा पुरिएका एक जनालाई पनि उद्धार गरिएको छ । आज बिहान पौने ७ बजेतिर घरमाथीबाट लडेको पहिरोले पुरेर घाईते भएका चितवन भरतपुर १ घर भएको २१ वर्षिय प्रबोध भण्डारीलाई उद्धार गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*