प्राविधिक शिक्षा संचालन गर्न लगाइएको महायज्ञमा ६५ लाख संकलन

२५ असार २०७६, बुधबार १९:१६

मनिषा वस्नेत, थाहा \ मकवानपुरको उत्तरी क्षेत्र थाहानगरको पालुङको मत्स्यनारायण माविमा प्राविधिक शिक्षा संचालन र पाथिभरा मन्दिरलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्न लगाईएको महायज्ञ समापन आज भएको छ । गत असार १९ गतेबाट लगाईएको सप्ताह महायज्ञबाट आज समापनसम्म ६५ लाख रुपियाँ संकलन भएको मत्स्यनारायण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज विष्टले जानकारी दिए ।

महायज्ञ समापन कार्यक्रममा आएका राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले सनातन धर्म उल्लेख भएका पुराणहरुको ठूलो महत्व रहेको बताउँदै त्यस मध्येमा पनि १८ पुराणको विशेष महत्व रहेको बताए ।

सप्ताह समापनका प्रमूख अतिथि थापाले भागवाप्रतिको आस्था कमीले आज विश्वमा हिंसा बढिरहेको बताउँदै सबै नेपाली मिलेर हिन्दु धर्मको रक्षाको लागि नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने बताए ।

पण्डित नारायण न्यौपानेले कथा वाचन गरेको महायज्ञमा मुक्तिनाथबाट ल्याइएको १ हजार १ सय ८ शालिग्राम दर्शन, नगददान, महादान, जिन्सिदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलशयात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पूजा, ग्रहशान्ति, लाखबत्ती, योग शिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तनलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*