सञ्चारकर्मी गीताले ल्याईन तिज गीत,आउ नाचौ संगी हो जम्मा भएर (भिडियो सहित)

६ श्रावण २०७६, सोमबार १७:२५

सिधाखबर \ चलचित्र पत्रकार संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकी सञ्चारकर्मी गीता अधिकारीले यसपालीको तिजका लागी कोशेली स्वरुप नयाँ तिज गीत लिएर आएकीछिन् । उनले आफनै शब्दमा कोरेको गीत ‘तीजैमा ब्रत बसी बोलको गीतलाई सार्बजनिक समेत गरीएको छ । तिज आउन एक महिना बाँकी छ यही सेरोफेरोलाई मध्येनजर गर्दै पत्रकार अधिकारीले गीत बजारमा ल्याएकीहुन् । उनी कार्यरत चर्चीत म्यागेजिन मिलापको मासिकको प्रस्तुतिमा अधिकारीको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा उनकी मिलनसार साथी नायिका तथा गायिका सारिका घिमिरेले स्वर भरेकीछिन् भने भिडियोमा नायिका पुजना प्रधान,गायीका,नायीका घिमिरे र गीता आफैले अभिनय गरेकीछिन्।

गीतको भिडियोलाई सोमबार सार्बजनिक गरीएको हो । सार्बजनिक कार्यक्रम्मा गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी,किर्तिमानी गीतकार डा.डीआर उपाध्याय,बरिष्ठ कलाकार लय संग्रौला, कलाकार उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिप्रीय,गायक सिताराम पोखरेल,सङ्गीतकार राजु सिंह,गीतकार संघका महासचिव वसन्त वित्यासी थापा लगायतको आतिथ्यता रहेको थियो । गीत सार्वजनिक कार्यक्रममा अतिथिहरुले गीत मौलिक तीज गीत बनेको बताउदै गीतको भिडियो पनि उत्कृष्ट बनेको बताएका थिए ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ । ‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीतकार गीता अधिकारीले बताईन । यस्तै गायिका सारिका घिमिरेले सार्बजनिक ‘यो तीज गीत छम छम नाच्ने खालको बनेको बताइन । गीतकार गिताले गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…सन्देश मुलक तीज गीत लिएर आएकी थिईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*