मलेसियामाथि नेपालको सानदार जीत

८ श्रावण २०७६, बुधबार ११:२०

सिधाखबर \  सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाएका थिए । ८४ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपाललका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । उनले २१ बलको सामना गर्दै ३ छक्का र ५ चौका हाने। त्यस्तै प्रदिप सिंह ऐरीले ११ रन बनाए। विनोद भण्डारी नटआउट १३ रन बनाए। मलेसियाका लागि मोहमद सेहदादले ३ विकेट लिए। नेपाललको अब अर्को खेलमा जुलाई २७ मा कुवेतसँग खेल्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*