साइनोको आइटम गीतमा नीताको बोल्ड

८ श्रावण २०७६, बुधबार ११:४४

सिधाखबर \ नेपाली चलचित्र साइनोको आइटम गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । मिना निरौलाको आवाज रहेको क्या बात छ… बोलको गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुषालको रहेको छ । गीतमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि देखिएका छन् । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्रलाई रमेश थापाको निर्देशन गरेकाछन् ।

चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।  यो चलचित्र आगामी साउन साउन २४ गते प्रदर्शनमा आउदै छ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*